हेटौंडामा आजबाट अन्तराष्ट्रिय गोल्डकप सुरु हुने

रातोघर

 २०७९ जेष्ठ १९, बिहिबार  मा प्रकाशित
५६३ पाठक संख्या


जेष्ठ १९ सिमरा /
हेटौंडामा आजबाट चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । आजबाट आगामी जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने भएको हो ।
आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब, खुमलटार युवा क्लव, नेपाल पुलिस क्लब, वागमती युवा क्लब सर्लाही, नवजन जागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौडा, नेपाल आर्मी क्लव, फ्रेण्डस् क्लब, सशस्त्र प्रहरी क्लब, वि.एफ.सि. चितवन, चर्चव्वाईज क्लब र अन्तर्राष्ट्रिय क्लव एनिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban