

जेष्ठ १९ सिमरा /
बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
उनीहरुले जबरजस्ती राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन् । अहिले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको छ भने सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको छ ।
दुवै समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्ने प्रयास भइरहेको नेपालगञ्जका मेयर प्रशान्त विकले जानकारी दिए । शान्त सहरको परिचय बनाएको नेपालगञ्जमा बिहीबार भएको घटनाले आफू दुःखी भएको भन्दै उनले सल्लाहविना शालिक राख्न खोज्दा सिर्जना भएको विवाद समाधानको प्रयास भइरहेको बताए ।





Write your Comment