सिमरा बिमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

रातोघर

 २०७९ जेष्ठ १९, बिहिबार  मा प्रकाशित
२७६७ पाठक संख्या


जेष्ठ १९ सिमरा /
बाराको सिमरा बिमानस्थलबाट यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म उडान बन्द हुने भएको छ ।

वर्षौदेखि जीर्ण अवस्थामा रहेको सिमरा बिमानस्थल मर्मत तथा सम्भारका लागि हुने दैनिक उडानको समय कटौती गरिएको सिमरा बिमानस्थलले जनाएको छ ।

बिमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नुपर्ने भएको हुँदा यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा बिमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार २० दिनभित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban