

जेष्ठ १९ सिमरा /
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।
उनलाई प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





Write your Comment