हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

रातोघर

 २०७९ जेष्ठ १९, बिहिबार  मा प्रकाशित
८२३ पाठक संख्या


जेष्ठ १९ सिमरा /
मकवानपुरको हेटौंडामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिउँसो थानाभर्याङबाट नवलपुर जाँदै गरेको ना २ त २९५ नम्वरको ट्रयाक्टर हेटौंडा–११ सरस्वती खोला नजिकै अनियन्त्रित भई खोल्सामा पल्टिएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा चितवनको रत्ननगर–८ बस्ने ३१ वर्षीय संजिव अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्याललाई उपचारको लागि थानाभर्याङस्थित चुरेहिल अस्पतालमा लगिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban