५० हजार घुससहित विद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

रातोघर

 २०७९ जेष्ठ २०, शुक्रबार  मा प्रकाशित
३७८ पाठक संख्या


जेष्ठ २० गते, सिमरा /

महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुस रकमसहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका–२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban