हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

रातोघर

 २०७९ जेष्ठ २०, शुक्रबार  मा प्रकाशित
४३७ पाठक संख्या


जेष्ठ २० गते, मकवानपुर/
मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित बिहीबार हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डबाट ५० किलो ४०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहीबार साँझ साढे ६ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथे कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban