देशभर थपिए २६ कोरोना संक्रमित

रातोघर

 २०७९ जेष्ठ २०, शुक्रबार  मा प्रकाशित
३६९ पाठक संख्या


जेष्ठ २० गते, सिमरा /

पछिल्लो २४ घण्टामा देशभर थप २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार ५ हजार ६०५ जनाको नमुना परीक्षण गर्दा २६ जना संक्रमित थपिएका हुन् ।

सो अवधिमा ४ हजार ५२८ जनाको पीसीआर र १ हजार ७७ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । हाल देशभर १११ जना सक्रिय संक्रमित छन् । यस्तै, शुक्रबार ९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban