विना तथ्य प्रमाणको समाचार प्रकाशन गर्ने पत्रिकाका सम्पादक माथि कारवाहीको माग

रातोघर

 २०७९ जेष्ठ २१, शनिबार  मा प्रकाशित
५९५ पाठक संख्या


वीरगंज २१ जेठ । । नेपाल निजामती कर्मचारी संगठन पर्साले विना तथ्य प्रमाणको समाचार प्रकाशन गर्ने पत्रिकाका सम्पादक माथि कारवाहीको माग गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवको व्यक्तिगत चरित्र हत्या गर्ने गरी प्रकाशित समाचार प्रति संगठनको ध्यानाकर्षण भएको जनाउँदै कर्मचारीको मनोबल खसाउने गरी समाचार सम्पादन गर्ने सम्पादकलाई कानुनको दायरामा ल्याउन माग गरेको हो ।
संगठनका सचिव राजेश चौहानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जेठ १९ गते वीरगंजबाट प्रकाशित पर्दाफास दैनिक पत्रिकामा विना तथ्य प्रमाणको प्रमुख प्रशासकिय अधिकृत यादवको व्यक्तिगत चरित हत्या गर्ने समाचार गरि समाचार प्रकाशन भएको जनाइएको छ ।
हालै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा सहायक निर्वाचन अधिकृतको रुपमा कामकाज गर्दै राम्ररी पटेर्वा सुगाैली गाउँपालिकामा निर्वाचन सम्पन्न गराएको समयमा सो पत्रिकाले भ्रष्टाचार गरेको आरोप लगाउँदै छापेको समाचार प्रति संगठनले आपति आपति जनाएको छ ।
विना तथ्य प्रमाणको एउटा राष्ट्रसेवक कर्मचारीको चरित्र हत्या गर्ने गरी समाचार छाप्नु कुनै पनि पत्रकार सोभनिय कुरा नभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रिकाको आडमा गलत नियतले कर्मचारीको मर्यादामा आच आउने गरी प्रकाशन गरिने समाचार माथि रोक लगाउन पनि संगठनले माग गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban