

उदयपुर । उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार, शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव बेल्टार अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको छ ।





Write your Comment