

कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोकबहादुर खन्गाहा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार, उनको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो । माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।





Write your Comment