नवलपरासी अदालत परिसरमा गोली चलाउने यादव पक्राउ

रातोघर

 २०७९ जेष्ठ २४, मंगलबार  मा प्रकाशित
४५४ पाठक संख्या


परासी,जेठ २४-

जिल्ला अदालत, नवलपरासी परिसरमा गोली चलाएर फरार भएका हंशराज यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादवले सोमबार अदालत परिसरमै आफ्नै काकीलाई ताकेर गोली चलाएका थिए ।

यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यादवको साथबाट ७।६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban