

वीरगञ्ज २५ जेठ । वीरगञ्जको रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मको सडकको ठेक्का लागेको ३ महीना पुगिसकेको छ । सो सडकखण्डको मर्मत गर्ने ठेक्का लिएको सामा कन्स्ट्रक्सनले साढे ३ महीनामा सडक तयार पार्ने शर्त स्वीकार गरेको थियो ।
आयोजनाले सम्झौता गरिसकेकाले काम अघि बढाउन बाधा नहुने समा कन्स्ट्रक्सन मुद्दाको विपक्षी पनि नभएको र आयोजनाले काम रोक्ने चिठीसमेत नदिएकाले आदेशको बाहानामा सडक सुधारको काम रोक्ने ठेक्काको बद्नियत देखिएको छ ।
तर, ठेक्काको समय सकिन १५ दिनमात्रै बाँकी रहँदा काम सुरसारै भएको छैन । समाका सञ्चालक जहुर आलमले शुरुमा निर्माणस्थलमा निर्माण सामग्री र उपकरण लगेर राखे पनि अहिले त्यहाँबाट अन्तै पठाइसकेका छन् ।
वीरगञ्जको गण्डकदेखि घण्टाघर माइस्थान र रजतजयन्तिदेखि मितेरीपुल खण्डको सडक मर्मतको ठेक्का आह्वान गरिएकोमा माइस्थानसम्मको सडकमा एउटै ठेकेदारले अनुमानित लागतभन्दा बढी रकम प्रस्ताव गरेकाले ठेक्का नै रद्द भएको थियो ।
फागुन २२ गते अदालतले पुस ९ गतेको ठेक्का सूचना आह्वानसम्बन्धी सूचना मूल्यांकन र सूचनासँग सम्बन्धित काम अघि नबढाउन भनेको छ । वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाले फागनु २५ मा समासँग करीब ५ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।मुद्दा सगरमाथा इन्फ्राटेककाले हालेका थिए ।
अदालतले बोलपत्र आह्वानको सूचना

अदालतले बोलपत्र आह्वानको सूचनासम्बन्धी काम अघि नबढाउन भने पनि आयोजनाले सम्झौता गरिसकेकाले काम अघि बढाउन बाधा नहुने कानूनका जानकारहरु बताउँछन् । समा कन्स्ट्रक्सन मुद्दाको विपक्षी पनि नभएको र आयोजनाले काम रोक्ने चिठीसमेत नदिएकाले आदेशको बाहानामा सडक सुधारको काम रोक्ने बद्नियत देखिएको ती कानून व्यवसायीको दाबी छ





Write your Comment