नारायणगढबाट बिरगंज जाँदै गरेको बस राप्तीमा दुर्घटना,चालक फरार

रातोघर

 २०७९ जेष्ठ २६, बिहिबार  मा प्रकाशित
५६९ पाठक संख्या


जेष्ठ २६, चितवन :   चितवनको राप्तीमा बस दुर्घटना भएको छ । नारायणगढबाट बिरगन्ज जाँदै गरेको बस राप्ती नगरपालिका ६ हर्दीमा दुर्घटना भएको हो । नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल र भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहको छ । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते र घाइतेको अवस्था

स्थानिय अस्पतालमा उपचार भइरहेका घाइतेहरु
१)जि. मकवानपुर हेटौडा उ.म.न.पा.१७ बस्ने बर्ष ३३ कि मन्जु सिलवाल दाईने हातमा चोट – सामान्य
२) जि. बारा कलैया –१६ बस्ने बर्ष ३१ को मनोज गिरी – सामान्य
३) भारत रक्सोल बस्ने बर्ष ७० को भोलन गिरि– सामान्य
४)ऐ.ऐ. बस्ने बर्ष ४५ को उगम पटेल – सामान्य
५) जि. बारा कलैया बस्ने बर्ष २२ को निरञ्जन पासवान कम्मर घुडा र हातमा चोट– सामान्य
६) जिल्ला रौतहट कडरिया २ बस्ने बर्ष ३० को सुरेश दास दायाँ हात खुट्टामा चोट – सामान्य
७)जिल्ला रौतहट कडरिया २ बस्ने बर्ष १० को आश कुमार यादब निधार कुममा चोट– मध्यम

पुरानो मेडिकल कलेजमा पठाइएका घाईते 
१) जि. चितवन भ. म. न. पा. १८ गुञ्जनगर बस्ने बर्ष ४५ को भरत ढकाल निधार र टाउकोमा चोट– मध्यम
२) जि. चितवन भरतपुर २६ बस्ने बर्ष ५६ को दिल ब. बि. क.– मध्यम
३) ऐ. ऐ. बस्ने बर्ष ६४ को रेवारे बि. क. कम्मरमा चोट – मध्यम

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban