जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

रातोघर

 २०७९ जेष्ठ २६, बिहिबार  मा प्रकाशित
४३९ पाठक संख्या


जेष्ठ २६,धनगढी : धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेका छन् । पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban