भासिएको सडक नजिकै नदी किनारमा दुई जनाको शव फेला

रातोघर

 २०७९ जेष्ठ २७, शुक्रबार  मा प्रकाशित
४६९ पाठक संख्या


जेष्ठ २७,तनहुँ  :  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडक नजिकै नदी किनारामा दुई जनाको शव फेला परेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिँएको सडक नजिकै खोला किनारामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार, बाट एउटा कार र मोटरसाइकल खसेको थियो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको छ । कार भने नदीमा पुगेको छ । कारमा कति जना थिए भन्नेबारे अहिले खुलेको छैन ।

हाल घटनास्थलमा उद्धार टोली पुग्ने क्रममा रहेको र फेला परेको शव कारमा सवार यात्रुको हो/होइन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban