चितवनको टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला

रातोघर

 २०७९ जेष्ठ २८, शनिबार  मा प्रकाशित
३५१ पाठक संख्या


जेष्ठ २८, चितवन :  चितवन  पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गलमा एक जना पुरुष मृत भेटिएका छन्।

जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो। मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज (शनिबार) बिहान ८ बजे सो जङ्गलमा झुढिडएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban