नुवाकोटमा तारको लठारो समाएर हिँड्ने पुरुषको सेनाको हेलिकोप्टरबाट उद्धार

रातोघर

 २०७९ जेष्ठ २८, शनिबार  मा प्रकाशित
४५० पाठक संख्या


जेष्ठ २८,नुवाकोट

नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।

यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban