जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कारवाही गरिने

रातोघर

 २०७९ जेष्ठ २९, आईतबार  मा प्रकाशित
४१६ पाठक संख्या


जेठ २९ , बैतडी :
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) लिने १४ जनालाई कारबाही गरिने भएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिने १४ जना जनालाई जरीवानासहित कारबाही गरिने भएको हो ।
सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जनाइएको छ । यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिनेछ । यस्तै, नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्र्तगत थप कारबाही हुने जनाइएको छ ।
 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban