जेठ ३०, बारा :
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने अमलेखगंज स्थित तिन नम्बर पुलमा सवारी दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।
चितवनबाट बिरगंज तर्फ आउदै गरेको प्र. ०३-००४ प १५१७ नम्बरको पल्सर मोटरसाइकललाई ना ७ ख ३९४७ नम्बरको लहरिले ठक्कर दिंदा दुर्घटना भएको हो । ठक्करपछि सडकमा लडेका उनिहरुलाई सोही ट्रकले किचेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी बारागढी गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी २६ बर्षिय देवेन्द्र चौधरी र उनका श्रीमती नन्द चौधरीको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ । गाडि र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटना स्थल मै मृत्यु भएका उनिहरुका शव शल्यपरिक्षणका लागि कलैया स्थित जिल्ला अस्पतालमा लगिएको प्रहरीले बताएको छ । शव शल्यपरिक्षण पछि अन्तिम संस्कारका लागि घर परिवारलाई जिम्मा लगाइने पनि बताए ।
Write your Comment