जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका सदस्य कृष कुर्मीले अन्तर्राष्ट्रिय खिलाडी लाई सम्मान

रातोघर

 २०७९ अषाढ १, बुधबार  मा प्रकाशित
२०१५ पाठक संख्या


असार १ , विरगंज :

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका सदस्य कृष कुर्मीले अन्तर्राष्ट्रिय खिलाडी लाई सम्मान गरेका छन् ।

सम्मान पाउने क्रिकेट खिलाडी साना प्रवीण हुन जसले भर्खर सम्पन्न आईसिसि अन्डर १९ महिला क्रिकेट विश्व कप एशिया क्वालिफाईरमा खेल्न गाएकी थिइन् ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका सदस्य कृष कुर्मीको अध्यक्षतमा भएको कार्यक्रम प्रमुख अतिथि नेपाल विद्यार्थी संघका जिल्ला सदस्य आदित्य कुमार साहले मन्तब्य ब्यक्त गर्दै भने यति सानो उमेर र मधेस बाट अन्तराष्टिय स्तर खेल्न सकेको चान चुने कुरा होइन त्यसले साना प्रवीण लाई जस्तै कुनै बालिका लाई सहयोग र साथ दिने प्रतिबद्धता समेत गरेका छन् भने ।कार्यक्रम समापन गर्दै सदस्य कुर्मीले मन्तब्य ब्यक्त गर्दै भने कुनै किसिमले आर्थिक ,मानसिक र सामाजिक सहयोगको लागि जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा प्रतिवद्ध रहेको छ ।

कार्यक्रममा उपाध्यक्ष मानसी नेपाली ,सचिव नितु यादव, सह सचिव कमल साह, कोषध्यक्ष सन्दिप कुमार सदस्य हरिओम पटेल लगायतका उपस्थिति रहेको अध्यक्ष अर्जुन शाहले जानकरी गराएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban