

मकवानपुर :
गोरख बहादुर गण, सुपारेटार व्यारेक हेटौंडाले आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । एक दिनमा एक लाख विरुवा वृक्षारोपण गर्ने कार्यक्रम अनुसार बिहीबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र जिल्ला वन कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र १५ स्थितको चुरियामाई सामुदायिक वन ईलाका, बागमती तथा बकैया गाउँपालिकाको चुरे क्षेत्रमा गणका गणपति प्रमुख सेनानी सुभाष चन्द्र महतको कमाण्डमा १२० वटा नफ्रिको टोली निम, राजवृक्ष, जामुन, हर्रो, बर्रो, अमला, गुलमोहर लगायत विभिन्न प्रजातिका विरुवाहरुको वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणका सहायक प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक पप्पु शर्मा पौडेल, सामुदायिक वनका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको उपस्थिति सहभागिता रहेको थियो ।





Write your Comment