पर्सामा पारिवारिक झगडामा एक वृद्धको मृत्यु

रातोघर

 २०७९ अषाढ ३, शुक्रबार  मा प्रकाशित
३६२ पाठक संख्या


असार ३ ,वीरगञ्ज :

पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा दुई परिवार बीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहिबार राति १० बजेको समयमा घरायसी झगडामा हानाहान हुँदा ६५ वर्षिय दसई रामको मृत्यु भएको हो ।

रामको शव परिक्षणको लागि नरायणी अस्पताल पठाईएको छ । उनको टाउको तथा ढाड मुनि संवेदशील अंगहरूमा चोट देखिएको प्रहरीले जनाएको छ ।

झगडाको क्रममा तानातान हुँदा राम घर नजिकैको ढलाई बाटोमा लडेको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रहरीले प्रारम्भिक अनुसंधानको क्रमा लठिले प्रहार भएको बताएपनि मृत्युको कारण र चोटको अवस्थाबारे शव परिक्षण तथा थप अनुसंधानबाट खुल्ने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

 

मृतक दसई र महेश रामको घरबाट झगडा भएको थियो । दसईको मृत्यु पश्चात प्रहरीले विपक्षी महेश रामको घरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban