इनार सफा गर्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु

रातोघर

 २०७९ अषाढ ४, शनिबार  मा प्रकाशित
५४२ पाठक संख्या


असार ४,चितवन:

इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दुई जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृत्यु हुनेहरुमा माडी नगरपालिका वडा नं.८ का ३० वर्षका शिव राई र सोहि वडाका २५ वर्षका सुर्य गुरुङ रहेका छन् । इनार सफा गर्नेक्रममा निस्सासिएर उनीहरको ज्यान गएको प्रहरीको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban