ओम प्रकाश प्यालनको प्रतिवद्धता पत्र : सम्पती करदेखि सटरभाडा न्युनतम बनाउनेसम्म (प्रतिवद्धता पत्रसहित)

रातोघर

 २०७९ अषाढ ७, मंगलबार  मा प्रकाशित
३३८ पाठक संख्या


जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागी ओम प्रकाश गुप्ता नेतृत्वको प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबिच गुप्ता नेतृत्वको प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

२८ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गुप्ता नेतृत्वको प्यानलले व्यवसायीको हितको निम्ति सधै अग्रसर रहने बताएको छ । प्रतिवद्धता पत्रमा केहि समयअघि नगरपालिकाले बृद्धि गरेको एक हजार प्रतिशत सम्पती कर खारेज गर्न पहल गर्ने उल्लेख छ ।

नगर स्तरीय करलाई घटाउन विशेष पहल गर्ने प्रतिवद्धता जनाएको गुप्ता नेतृत्वको प्यानलले नगरभित्र रहेका सटर भाडालाई एकरुपता र न्युनतम बनाउन पहल गर्ने जनाएको छ ।

के के छ गुप्ता नेतृत्वको प्रतिवद्धता पत्रमा ?

१. नगरभित्रका उद्योगी व्यवसायीहरुलाई व्यवसाय परिचय पत्र वितरण गरिनेछ ।

२. व्यापारिहरुको सुरक्षा नीति लागु गर्न समन्वय गरिनेछ ।

३. साना तथा घरेलु उद्योगलाई प्रोत्सहान गर्न नगर औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहसंग समन्वय गरिनेछ ।

४. कृषिमा आधारित उद्योगलाई अनुदानको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघिय सरकारसंग पहल गरिनेछ ।

५. साना व्यवसायको प्रवद्र्धन र स्तरबृद्धिका लागी आवश्यक पहल गरिनेछ ।

६. औद्योगिक प्रदुषण व्यवस्थापन गर्नको लागि उद्योगहरुसंग समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।

७. नगरभरिका उद्योगी र व्यवसायीहरुका मुद्धालाई प्राथमिकीकरण गरी समाधानका लागि विशेष पहल गरिनेछ ।

८. नगरपालिकाले बृद्धि गरेको एक हजार प्रतिशत सम्पती कर खारेज गर्न पहल गरिनेछ ।

९. नगर स्तरीय करलाई घटाउन विशेष पहल गरिनेछ ।

१०. नगरभित्र रहेका सटर भाडालाई एकरुपता र न्युनतम बनाउन पहल गरिनेछ ।

११ं आद्योगिक कृषि तथा व्यवसाय प्रवद्र्धनका लागी व्यापार प्रवद्र्धनात्मक मेला आयोजना गरिनेछ ।

१२. नगरभरिका उद्योगी व्यवसायीलाई संस्थाप्रति अपनत्व बढाउन विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

१३. उद्योगी व्यवसायीहरुको सुरक्षा र संरक्षणका लागी व्यवसाय बिमा कार्यक्रमलाई प्रवद्र्धन गरिनेछ ।

१४. उद्योगी व्यवसायीहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न बिषयगत तालिम एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरि व्यवसाय सञ्चालनमा दक्षता र क्षमता विकास गरिनेछ ।

१५ं व्यवसायीक सुरक्षाको प्रत्याभुतिका लागी सिसि क्यामेरालाई व्यवस्थापन र बिस्तार गरिनेछ ।

१६. नगरलाई क्लिनसिटि र ग्रिनसिटि बनाउन स्थानीय तहसंग समन्वय गरिनेछ ।

१७. हाट बजार व्यवस्थापनको निम्ति आवश्यक भुमिका निर्वाह गरिनेछ ।

१८. जीतपुरसिमरा उपमहानगरलाई व्यापारिक हबको रुपमा विकास गर्न समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।

१९. उद्योगी व्यवसायीको हितको निम्ति बिभिन्न निकायबाट हुने बजार अनुगमनलाई समन्वयकारी भुमिका निर्वाह गर्न पहल गरिनेछ ।

२०. उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्न व्यवसाय भ्रमण कार्यक्रम आयोजना गरिनेछ ।

२१. नगरभित्रका उत्कृष्ट व्यवसायीहरुलाई व्यवसायीक प्रवद्र्धन र प्रोत्साहन गर्न बार्षिक सम्मान कार्यक्रम आयोजना गर्न पहल गरिनेछ ।

२२. कुटिर उद्योग, साना तथा मझौला औद्योगिक ग्राम स्थापना गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।

२३ं. सेज सञ्चालमा उद्योगी तथा रोजगार दातासंग परामर्श गरि आवश्यक समन्वय गरिनेछ ।

२४. सिमरा बिमानस्थलको स्तरउन्नती सौन्दर्यकरण र देशभर हवाई कनेक्टिभिटिको लागि सरोकारवाला निकायसंग आवश्यक पहल र समन्वय गरिनेछ ।

२५. जितपुरको भैसि बजार, तरकारी बजार, सिमराको तरकारी बजारको स्तरउन्नतीसंगै खानेपानी सरसफाई र मुख्य राजमार्ग जितपुर, सिमरा, पथलैया र अमलेखगञ्जमा स्तरीय सौचालयसहितको यात्रु प्रतिक्षालय निर्माणको लागि उपमहानगरपालिकासहित सम्बन्धित सरोकार निकायसंग समन्वय गरिनेछ ।

२६. डुमरवानालाई कृषि, पशुपालन र दुध उत्पदान क्षेत्रको रुपमा विकास गर्ने गरी कृषि कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।

२७. अमलेखगञ्जलाई पर्यापर्यटनको हवको रुपमा विकास गर्न सम्बन्धित निकायसंग समन्वय र पहल गरिनेछ ।

२८. स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रको बिकासमा समन्वयकारी भुमिकामा रही केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग पहल गरिनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban