अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

रातोघर

 २०७९ अषाढ १४, मंगलबार  मा प्रकाशित
३१८ पाठक संख्या


असार १४,मकवानपुर :

मकवानपुर प्रहरीले सोमबार दिउँसो अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपाकिा वडा नम्वर ४ कमलडाँडा डेरी गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।

 

प्रहरीका अनुसार, कुलदीप पाठक भने हाल फरार छन् । उनको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban