जीतपुरसिमरा वडा नम्बर २ मा १५ शैयाको अस्पताल बन्ने

रातोघर

 २०७९ अषाढ १४, मंगलबार  मा प्रकाशित
६७६ पाठक संख्या


असार १४, सिमरा :

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा १५ शैयाको अस्पताल बन्ने भएको छ । २० करोड ५५ लाखको लगानीमा प्राथमिक स्वाथ्य केन्द्र सिमराको परिषरमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।

 

प्राथमिक उपचार केन्द्रको रुपमा बनाउन लागिएको अस्पताल २ बर्षभित्र बनाउने लक्ष्य राखिएको छ । अस्पताल बनाउने बिषयमा आज एस.टि.सि कन्सट्रक्सन काठमाण्डौ र जीतपुरसिमरा उपमहानगरपालिकाबिच सम्झौता भएको थियो ।

 

सम्झौता लगत्तै अस्पताल निर्माणस्थलको आज नगर प्रमुख राजन पौडेलले अनुगमन गर्नुभएको छ । अनगुमनका क्रममा नगर प्रमुख पौडेलले व्यवस्थित र गुणस्तरीय अस्पताल बनाउन निर्देशन दिनुभयो ।

 

सो अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र सिमराको पछाडी रहेको क्वाटर क्षेत्रमा बनाईने ईन्जिनियर अभयकान्त झाले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban