

असार १६, मकवानपुर :
मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका नम्वर ९ ज्यामिरेबाट १५ किलो गाँजासहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्रबहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बुधबार चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्वरको बसमा गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा पुगेको टोलीले बस चेकजाँच गर्ने क्रममा ईन्द्रबहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकलबहादुरको साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।






Write your Comment