कर्मसियल कम्प्लेक्स बनाउने बिषयमा छलफल

रातोघर

 २०७९ अषाढ १७, शुक्रबार  मा प्रकाशित
४७२ पाठक संख्या


 

असार १७,बारा :

जीतपुरसिमरा उपमहानगरपालिकामा कर्मसियल कम्प्लेक्स बनाउने बिषयमा छलफल भएको छ । नगर प्रमुख राजन पौडेलको उपस्थितिमा जीतपुरसिमरामा कर्मसियल कम्प्लेक्स बनाउने बिषयमा काठमाण्डौमा छलफल भएको हो ।

 

छलफलमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो । छलफलका क्रममा नगर प्रमुख पौडेलले कर्मसियल कम्प्लेक्सको काम अघि बढाउन आवश्यक प्रक्रियाको थालनी गरिने बताउनुभयो ।

 

सो क्रममा कर्मसियल कम्प्लेक्स आयोजनाको डिपिआर कोषमा पेश गर्ने र कार्यपालिकाको निर्णय सहित नगर विकास कोषमा आर्थिक तथा प्राविधिक सहयोगका लागि पत्राचार गर्ने निर्णय भएको नगर प्रमुखका निजि सचिव रोशन मिश्रले जानकारी दिनुभयो । यसैगरी बैठकले कृषि बजार र ट्रकपार्क आयोजनाको काम अघि बढाउने समेत निर्णय गरेको छ ।

 

जसको लागी जग्गाको लिजाधिकारको प्रक्रिया अघि बढेको जिल्ला स्तरिय निर्णयसहित नगर विकास कोषमा आर्थिक तथा प्राविधिक सहयोगका लागि पत्राचार गर्ने निर्णय भएको मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार सो आयोजनाको अध्ययनको प्रक्रिया उपमहानगरपालिकासंगको सहलगानीमा अघि बढाईने उल्लेख छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban