राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

रातोघर

 २०७९ अषाढ १७, शुक्रबार  मा प्रकाशित
३९८ पाठक संख्या


असार १७, काठमाडौं :

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । गत असार ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह गोलाकार भित्रको घण्टी पाएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban