नारायणी अस्पतालमा ब्लड राख्ने साधन नहुँदा बिरामीलाई दीनहू दुःख

रातोघर

 २०७९ अषाढ २१, मंगलबार  मा प्रकाशित
३७० पाठक संख्या


 
असार २१ , विरगंज :
 
वीरगञ्जको नारायणी अस्पतालमा बिरामिहरुले टेस्टको लागी दिने रगतको रिपोर्ट समयमा नपाउदा दीनहू धेरै बिरामि ब्यक्तिहरु दुःख भोगनु परेको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा एक बिरामीले टेस्टको लागी हिजो रगत दिएर गएको तर आज रिपोर्ट लिने बेला तपाइको रगत जमेको कारण टेस्ट हुन नसकेको, आज फेरी रगत दिनु भनि जवाफ सुने पछि समस्यामा परेको पर्सा जिल्ला धोबनिका एक बिरामी ब्यक्तिले दुःख ब्यक्त गरेका छन् ।
 
निजी अस्प्तालहरुले चर्को फीसको कारण हामी यहां आएको र यहां पनि ३ देखी ५ दिन सम्म रिपोर्ट लिन लाग्ने गरेको हुदा टाढा टाढाबाट आउने एक बिरामी मार्कामा परेको दुःख ब्यक्त गरेका छन् ।

वीरगञ्जमा बस्ने ठाउ नहुदा आवत जावत गर्दा भाड़ा तिरदा तिर्दै निजी होस्पिलको फीस भन्दा पनि बढ़ी खर्च भइरहेको एक अर्को पीडित बिरामीले गुनोसो गरेका छन् ।
यता यस विषयमा नारायणी अस्पतालका मेसु डा. बिरेन्द्र बहादुर प्रधानसंग बुझदा अस्प्तालमा चेकको लागि दीनहू बिरामिको चाप बढेको, गर्मी पनि छ र अस्प्तालमा ब्लड राख्ने सुबिधा नभएको कारण यस्तो समस्या भएको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban