

असार २२,काठमाडौं :
आगामी असार २६ गते देशभर सार्वजनिक विदा हुने भएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गरी सो पर्वको अवसरमा असार २६ गते आइतबार देशभर सार्वजनिक विदा दिने जानकारी गराएको हो । जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ असार २६ गते आइतबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’






Write your Comment