लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिए

रातोघर

 २०७९ अषाढ २३, बिहिबार  मा प्रकाशित
२८२ पाठक संख्या


 

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिएका छन् ।

आगामी अगष्ट अन्तिमदेखि सुरु हुने क्यारेवियन प्रिमियर लिग सीपीएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि तल्लावाजबाटै खेलेका थिए ।

 

सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट लिएका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा सन्दीपलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको हो ।

सन्दीपसँगै पाकिस्तानका तीव्र बलर मोहम्मद आमीरले पनि जमैकासँग सम्झौता गरेका छन् । उसले तीन जनालाइ रिटेन गरेको छ भने २ जना स्थानीय खेलाडी र ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।

 

जमैकाले नेपाली समयअनुसार बिहीबार साँझ पौने ७ बजे हुने ड्राफ्टमार्फत बाँकी सात जना खेलाडी अनुबन्ध गर्नेछ । सन्दीपले सन् २०१८ को सिजनदेखि क्यारेवियन प्रिमियर लिग खेल्न थालेका हुन् ।

आफ्नो पहिलो सहभागितामा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग ५ हजार अमेरिकी डलरमा सम्झौता गरेका उनलाई सन् २०१९ मा बार्बाडोज ट्राइडेन्ट्सले ७० हजार डलरमा भित्र्याएको थियो । यसपल्ट उनको क्याटागोरी र मूल्य सार्वजनिक गरिएको छैन ।

यसअघि मंगलबार श्रीलंकाको लंका प्रिमियर लिगमा सन्दीपलाई डाम्बुल्ला जायन्ट्सले ४० हजार डलर खर्चिएको थियो । सन्दीपले भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिगलगायत विश्वभरका प्राय: चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban