अन्दाजी दुई दिने शिशु भर्‍याङमुनि फेला

रातोघर

 २०७९ अषाढ २३, बिहिबार  मा प्रकाशित
४८९ पाठक संख्या


असार २३, चितवन :
भरतपुर अस्पतालमा वेवारिसे शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी एक दुई दिनको शिशु (छोरी) वेवारिसे अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २:३० बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।

शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban