दिनप्रति दिन कोरोना संक्रमित बढ्दो

रातोघर

 २०७९ अषाढ २४, शुक्रबार  मा प्रकाशित
३८८ पाठक संख्या


असार २४, काठमाडौं  :

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ९८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १५४ जनाको स्वास्थ परिक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ९३ जनाको एन्टीजेन र १ हजार ६१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मन्त्रालयले हाल देशमा कोरोना भाइरसका ५ सय ६४ जना सक्रिय संक्रमित रहेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban