नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखी सुरु,डेमो सहित हेर्नुस्

रातोघर

 २०७९ अषाढ २५, शनिबार  मा प्रकाशित
७६६ पाठक संख्या


२०७९ असार २५,बि.पी भट्ट,बारा / जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा आजदेखी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । उपमहानगरपालिकाले श्री जनता उच्च मा.बि. रजघट्टाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमका सभापति नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला अधिकारीले संयुक्त रुपमा पानसमा दियो बालेर कार्यक्रमको सुरुवात गरेका हुन् । असार २५ गतेबाट सुरु भएको प्रतियोगिता असार २७ गते समापन गरिने कार्य तालिका रहेको छ । नगर भित्र रहेका सामुदायिक र निजि गरी १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागितामा भाग लिएका छन् ।

नगरमैं पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएकोले यस्ता कार्यक्रम हरुले निरन्तरता पाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका थिए । कार्यक्रममा खेलकुदको बिभिन्न विद्याहरु राखिएको छ । छात्र र छात्रा दुबैको सहभागिता रहने गरी एक सय र दुई सय मिटरको दौड,लङ्ग जम्प र हाई जम्प,टोक्वान्दो र कराँते जस्ता खेलहरु रहेका छन् ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यकारी प्रशासकिय प्रमुख चेत कुमार पोखरेल,वडा नं.१४की वडाअध्यक्ष चयन मगर,वडा नं.१४ का पुर्व वडाअध्यक्ष रामशरण बर्तौला,उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख शिवजी प्रसाद,उपमहानगरपालिकाका विभिन्न खेल विभागिय प्रमुखहरु,कोच,बिभिन्न विद्यालयका प्र.अ. तथा शिक्षकहरु र स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

श्री जनता उच्च मा.बि. रजघट्टाका प्रधानध्यापक राजु अधिकारीले उद्घाटन कार्यक्रम सञ्चालन गरेको उक्त प्रतियोगितामा सहभागि विद्यार्थी र अतिथीहरुलाई विद्यालयमा सहप्रधानध्यापक रञ्जित ठाकुरले स्वागत गरेका थिए । विद्यालयका शिक्षक वरुण गौतमले कार्यक्रमका अतिथीहरुलाई खादा लगाई सम्पान गरेका थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban