आफ्नै बसले किच्दा सह–चालकको ज्यान गयो

रातोघर

 २०७९ अषाढ २६, आईतबार  मा प्रकाशित
८३५ पाठक संख्या


असार २६, चितवन :

चितवनमा आफू कार्यरत बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।

आज (आइतबार) विहान ८:१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । उनको ८:५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।

त्यहीबेला बस चालकले बस स्टार्ट गरि अगाडि बढाउने क्रममा बस मुनि रहेका सह–चालक किचिएका थिए । प्रहरीले बस र भरतपुर–२७ का ४२ वर्षीय चालक कुमार गुरुङलाई नियन्त्रणमा लिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban