बुटवलको होटलमा मृत भेटिइन् युवती,संगै गएका युवक फरार

रातोघर

 २०७९ अषाढ २६, आईतबार  मा प्रकाशित
३८९ पाठक संख्या


असार २६, बुटवल :

बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्कमा रहेको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन्।

शनिबार राती साढे १० बजेतिर एक युवकको साथमा गोलपार्कस्थित पाल्पाली होटलमा पुगेकी बुटवल ११ की २१ वर्षीया समीक्षा गुरूङ राती १२ बजेतिर नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

युवतीसँग होटलमा पुगेका युवक भने राती नै होटलको बिल भुक्तानी गरेर बाहिरिएको होटल सञ्चालकले बयान दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। युवकले राती नै बिल तिरेर गएको र पछि कोठामा हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गरेको प्रहरीले बताएको छ।

युवतीसँगै गएका युवकको खोजी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban