

असार २८, गलकोट :
बागलुङमा डेंगीका बिरामी फेला परेको छ । गर्मी बढेसँगै डेंगीको बिरामी फेला पर्न थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए ।
संक्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगी हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।





Write your Comment