गर्मी बढेपछि वीरगञ्जका विद्यालय बन्द

रातोघर

 २०७९ अषाढ २८, मंगलबार  मा प्रकाशित
४६३ पाठक संख्या


असार २८, वीरगंज :

पछिल्लो केहि दिनदेखि तराई-मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ ।

असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

अत्याधिक गर्मीको कारणले बालबालिकाहरुमा पर्ने जाने प्रतिकुलतालाई मध्य नजर गर्दै वीरगञ्जका मेयर राजेशमान सिंहको विशेष निर्देशनमा ३ दिनका लागि विद्यालय बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

वीरगञ्जमा केहि दिनदेखि बढेको अत्यधिक गर्मीले दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । आकाशमा बादल देखा परे पनि पानी पर्न सकेको छैन ।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban