

असार ३१ , विरगंज :
वन तथा वातावरण मन्त्री प्रदीप यादवले वातावरणीय प्रदुषण कम गर्न हरेक टाेलटाेलमा वृक्षरोपण गर्न सबैलाई आह्वान गरेका छन् ।
ग्रीनसिटी सामुदायीक सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगञ्जको आदर्शनगरमा शुक्रबार भएकाे वृक्षरोपण तथा चौतारा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे आह्वान गरेका हुन् ।
वृक्षरोपण गर्नु आजको आवश्यकता भएको भन्दै उनले गाउँसहर हरियाली बनाउन खाली स्थानमा वृक्षरोपण गर्न सुझाव दिए ।
वृक्षरोपणले वातावरणको संरक्षणमा सघाउ पुर्याउनुका साथै गाँउको सौन्दर्यकरण पनि बढाउने भएकाले आ-आफनो गाँउ टोलमा वृक्षारोपण गर्न उनकाे आग्रह थियाे ।
वृक्षरोपणका लागि वन तथा वातावरण मन्त्रालयबाट उपलब्ध हुन सक्ने हरेक सहयोग गर्न पनि आफू तयार रहेको पनि मन्त्री यादवले बताएका छन् ।
सामुदायीक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा भएको वृक्षारोपण कार्यक्रममा आप, गुल्मोर, निम गरी २ सय ५० थान बिरुवा रोपिएको छ ।
वृक्षरोपण कार्यक्रममा वीरगञ्जका मेयर राजेशमान सिंह, उपमेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनका प्रमुख रामहरि पन्त, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, प्रहरी नायव उपरिक्षक प्रहलाद कार्की, वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु, सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष राम सर्राफलगायतको सहभागीता थियो ।
-यात्रा दैनिकबाट साभार





Write your Comment