जीतपुरसिमरा उपमहानगरको स्थगित नगरसभा भोलि हुने (यस्तो छ कार्यसुची)

रातोघर

 २०७९ अषाढ ३१, शुक्रबार  मा प्रकाशित
४८९ पाठक संख्या


असार ३१ , बारा :
जीतपुरसिमरा उपमहानगरपाकिलाको स्थगित नगरसभा भोलि हुने भएको छ । हिजो बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार भोलिको लागी उपमहानगरपालिकाले नगरसभा बोलाएको हो ।

यसअघि असार १० र १३ गते गरी दुई पटक नगरसभा बोलाईएको थियो । तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको लगातारको बिरोध र होहल्लाका कारण नगरसभा स्थगित हुदै आएको थियो । कार्यपालिका बैठकबाट सिलिङ नै टुंगो नलगाई नगरसभा बोलाईएको भन्दै जनप्रतिनिधिहरुले बिरोध जनाएका थिए ।

हिजोको कार्यपालिका बैठकले वडाको सिलिङको टुंगो लगाएपछि भने उपमहानगरपालिकाकाले भोलिका लागी नगरसभाको बोलाएको हो । भोलि बिहान ९ बजेदेखि सिमराको क्यासिक होटलमा नगरसभा शुरु हुने प्रमुख प्रशासकीय अधिृकत चेतकुमार पोखरेलले जानकारी दिनुभयो ।

यस्तो छ भोलिको नगरसभाको कार्यसुची

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban