

श्रावण २, चितवन :
चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग २ च ९०६२ नम्वरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेनाका अमल्दार तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङ रहेका छन् । चितवन प्रहरीका अनुसार, गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
कार र चालक वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका वडा सदस्य गुरुङ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।





Write your Comment