बाराका चार खेलाडी २० बर्ष मुनिको राष्ट्रिय टिममा समावेश

रातोघर

 ३ श्रावण २०७९, मंगलवार ११:३५  मा प्रकाशित
४९५ पाठक संख्या



श्रावण ३, बारा :

२० वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीमा बाराका खेलाडीहरुले बर्चस्व कायम गरेका छन ।

टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार घोषणा गर्नुभएको २३ सदस्यीय नेपालि टोलीमा बारा जिल्लाका ४ जना खेलाडी समावेश भएका हुन ।

जुलाई २५ देखि भारतमा संचालन हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकोलागी मुख्य प्रशिक्षक केसीले घोषणा गर्नुभएको अन्तिम टोलीमा बाराका जन्मजय धामी,मोहित गुरुङ,अजय चौधरी र युनेस चौधरी छनोट भएकाछन ।

जन्मजय र मोहित मिडफिल्डर,अजय डिफेन्डर र युनेस गोल किपर हुन । सहिद स्मारक बि डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समुहको राष्ट्रीय टोलीमा समावेश भएकाहुन ।

जन्मजय,मोहित र अजय यसअघि पनि यु १६ राष्ट्रीय टोलीमा समावेश भएकाथिए । पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेकोछ ।

Write your Comment