

श्रावण ३,सप्तरी:
सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा आज पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार, अत्यधिक गर्मी बढेका कारण ७/८ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा डुबेर रजनी र सेन्द्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।





Write your Comment