७ बोरा गाँजासहित मकवानपुरका रुम्बा पक्राउ

रातोघर

 २०७९ श्रावण ९, सोमबार  मा प्रकाशित
४२४ पाठक संख्या


श्रावण ९, मकवानपुर :

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भीमफेदी गाउँपालिका–९ खादेगाउँ बस्ने खैबा झाक्री भन्ने ५४ वर्षीय सोनाम सिंह रूम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, रुम्बालाई करिब १ सय ३१ किलोग्राम लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको थियो ।

गाँजा बरामद भएपछि घरधनी रूम्बालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरेको जनाएको छ , पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban