बाराबाट रजनी राईले झुठो विवरण पेश गरेर लिइन् नेपाली नागरिकता, नक्कली बुबा आमा फरार

रातोघर

 ९ श्रावण २०७९, सोमबार १८:५९  मा प्रकाशित
८६४ पाठक संख्या



झुठो विवरण पेश गरेर एक जना भारतीय युवतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन् । भारतको कालिङ्गपोङ् घर भएकी २१ वर्षीय रजनी राईले ईलाका प्रशासन कार्यालय सिमरामा झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएकी हुन् ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा उनले साउन १ गते नागरिकता प्रमाण पत्र नम्बर ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकता लिएकी हुन् ।

स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) को छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन वडा कार्यालयले ईलाका प्रशासन कर्यालय सिमरामा जेष्ठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेष्ठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।

–यात्रा दैनिकबाट साभार 

Write your Comment