वीरगञ्जमा रहेका एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने बाराका अजय र राजकपुर पक्राउ

रातोघर

 २०७९ श्रावण १०, मंगलबार  मा प्रकाशित
८२८ पाठक संख्या


 

वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चोरीगर्न लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का अजय चौधरी र कलैया उपमहानगरपालिकाका राजकपुर चौधरी रहेका छन् ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

एटिएम मेशिनमा सामान्य क्षति भएकोे छ वीरगञ्जमा एटिएम मेशिन फोड्ने घटना पहिलो भएको प्रहरीले जनाएको छ ।

यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।

माछापुच्छ्रे बैंकको एटिएम सोही बैंकको भवनमा रहेको तथा त्यहाँ रातभरि निजी सुरक्षागार्ड तैनाथ रहन्छन् ।

केही दिन अघि काठमाण्डौमा पनि एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban