

मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सीसीकोे बजाज पल्सर एनएस मोटरसाइकल र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुइ्र्र जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको बागमती गाउँपालिका–२ राईगाउँका २३ वर्षीय बिछोड लामा र बकैया गाउँपालिका–२ का ३३ वर्षीय तीर्थमान लामा भोलन रहेका छन् । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बाट चोरीको उक्त मोटरसाइकल बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान र कारबाहीको लागि प्रहरी बृत्त बौद्ध तथा गौशला, काठमाडौं पठाइएको छ ।





Write your Comment