

सल्यानमा अरिंगालको टो’काइबाट एकजनाको मृ’त्युु भएको छ ।जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ दारिमचौर निवासी २६ वर्षीय कृष्ण थापाको अरिंगालको टोकाइबाट ज्या’न गएको हो ।
शनिबार दिउँसो आँप खाना रुखमा चढेको बेला उनलाई अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।४०/४५ वटा अरिंगालले उनको टाउको, मुख र शरीरका विभिन्न भागमा टोकेको प्रहरीले जनाएको छ ।
अरिंगालले टोके लगत्तै घा’इते भएका उनलाई श्रीनगर स्थित कर्णाली अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि नेपालगन्ज रिफर गरियो ।
नेपालगन्ज लिने क्रममा कपुरकोट गाउँपालिका ५ अरिंगालेफेदीमा उनको ज्या’न गएको हो ।गएको असार २२ गते पनि सल्यानको कालिमाटी गाउँपालिका ४ का ७ वर्षीय दवदर्शन राणाको अरिंगालको टोकाइबाट मृ’त्युु भएको थियोे ।





Write your Comment